अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:११
| Colorodo: 13:26
जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउन्टर तोडफोड गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद प्रमोदकुमार साह साधारण तारेखमा रिहा हुनुभएको छ । जिल्ला अदालत धनुषाका न्यायाधीश तेजनारायण पौडेलको इजलासले आज सांसद साहलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।
राजपाका महासचिव तथा प्रवक्ता केशव झाले सांसद साहलाई अदालतले साधारण तारेखमा रिहा गरेको जानकारी दिनुभयो । विमान उडानमा ढिलाइ भएको भन्दै गत सोमवार जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको आरोपमा सांसद साह मंगलबार काठमाडौंबाट पक्राउ परेका थिए । पक्राउ पछि शाहलार्ई प्रहरीले धनुषा लगेको थियो ।