अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१७ | Colorodo: 23:32

उपनिर्वाचनको कार्यतालिका सार्वजनिक , सांसदका लागि उम्मेदवारी मनोनयन कात्तिक २१ गते

बिआरटीनेपाल २०७६ कार्तिक १ गते ७:४३ मा प्रकाशित

निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले शुक्रवार विज्ञप्ति जारी गरी प्रतिनिधि सभा, प्रदेश सभा तथा स्थानीय तहमा रिक्त जनप्रतिनिधि चयनका लागि हुने उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो ।

प्रतिनिधि सभा र प्रदेश सभामा रिक्त जनप्रतिनिधि चयन गर्न हुने निर्वाचनका लागि कात्तिक २१ गते उम्मेदवारी मनोनयन दर्ता हुने भएको छ । सोही दिन अपराह्न उम्मेदवारको सूची सार्वजनिक गर्ने र २२ गते विरोधमा उजुरी दिनसक्ने र २३ गते अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका तय भएको निर्वाचन आयोग जनाएको छ ।

प्रतिनिधि सभातर्फ कास्की निर्वाचन क्षेत्र नम्बर २ तथा प्रदेश सभातर्फ भक्तपुर १ (क), दाङ ३ (ख) लगायतमा उपनिर्वाचन हुँदैछ । स्थानीय तहतर्फ भने उम्मेदवारी मनोनयन दर्ताका लागि २७ गतेको समय तोकिएको छ । ५२ रिक्त पदमा जनप्रतिनिधि चयनका लागि मंसिर १४ गते उपनिर्वाचन गर्ने घोषणा यसअघि नै भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू