अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४२ | Colorodo: 02:57

एनआरएनए अध्यक्ष पन्तको प्रतिवद्धता – वार्षिक दश अर्ब वैदेशिक लगानी नेपाल भित्र्याउने

बिआरटीनेपाल २०७६ कार्तिक १ गते ७:४२ मा प्रकाशित

गैर आवासीय नेपाली संघ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष कुमार पन्तले नेपालमा १० अर्ब वैदेशिक लगानी वार्षिक रुपमा भित्र्याउन लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । अध्यक्ष पन्तले दक्ष कामदार मात्रै विदेश पठाउने सरकारको अभियानमा सक्दो सहयोग गर्ने बताउनुभयो ।

उहाँले एनआरएनएको नेतृत्वको चयनका लागि घरघरबाटै मतदान गर्ने व्यवस्था गर्ने घोषणा पनि गर्नुभयो । एनआरएनएका सदस्यहरुको हितका लागि ‘श्रमिक कल्याणकारी कोष’ लाई तेब्बर बनाउने उहाँको योजना छ । अध्यक्ष पदमा निर्वाचित भएपछि उहाँले सञ्चारकर्मीमाझ एनआरएनएलाई राजनीतिबाट मुक्त गराउन लागिपर्ने बताउनुभयो ।

पन्तले निर्वाचनका बेला आफूले निशुल्क सदस्यता वितरण गर्ने प्रतिवद्धता गरेको उल्लेख गर्दै त्यसलाई पूरा गर्ने अठोट पनि गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू