अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३१ | Colorodo: 03:46

एनआरएनको नयाँ नेतृत्व चयन

बिआरटीनेपाल २०७६ कार्तिक १ गते ७:३५ मा प्रकाशित

गैरआवसीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयन भएको छ । काठमाण्डौंमा सम्पन्न संघको नवौं विश्व सम्मेलनबाट आगामी दुई वर्षे कार्यकालका लागि कुमार पन्तको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो।

सम्पन्न निर्वाचनमा पन्तले प्रत्यासी कुल आचार्यलाई १४७ मतले पराजित गर्दै विजयी हुनुभएको हो । कुल १ हजार २१७ मत ल्याएर पन्त विजयी हुदाँ आचार्यले एक हजार ७० मत प्राप्त गर्नुभयो । खुलातर्फ पन्त समूहका बद्री केसी (११६३), अर्जुनकुमार श्रेष्ठ (१०२७), सोनाम लामा (८९८) र आचार्य समूहका मन केसी (९६१) मतले विजयी भएको निर्वाचन आयोगले जनाएको छ।

त्यस्तै महिला उपाध्यक्षमा रविना थापा (१२२१) मत ल्याएर विजयी हुँदा उहाका प्रतिस्पर्धी सपिला राजभण्डारीले ८६३ मत ल्याउनुभयो । महासचिवमा डा. हेमराज शर्माले १ हजार एक सय ३१ मत ल्याएर विजयी हुनुभएको छ भने प्रतिद्वन्द्वी जानकी गुरुङले १ हजार ५३ मत प्राप्त गर्नुभयो । सचिवमा गौरीराज जोशी र आरके शर्मा विजयी हुनुभएको छ । कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ, सह–कोषाध्यक्षमा लोकप्रसाद दाहाल विजयी हुँदा महिला संयोजकमा भोमादेवी लिम्बू, युवा संयोजकमा हिमाल गुरुङ विजयी हुनुभएको छ ।

यसैवीच, मध्यपूर्व र अफ्रिका क्षेत्र सबै उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। मध्यपूर्व क्षेत्रको संयोजकमा प्रविन गुरुङ, उपसंयोजकमा मनोजकुमार श्रेष्ठ र राजेन्द्र अर्याल निर्विरोध निर्वाचित हुनुभयो । महिला संयोजकमा सुमित्रादेवी पौडेर र युवा संयोजकमा राजु रेग्मी निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

अफ्रिका क्षेत्रको संयोजकमा रोशन थापा र महिला संयोजकमा मनकला थापा निर्वाचित हुनुभयो । अफ्रिकाको क्षेत्रीय उपसंयोजक र युवा संयोजकमा कसैको पनि उम्मेदवारी परेको थिएन। एसिया प्रशान्त क्षेत्रको संयोजकमा गोविन्द श्रेष्ठ, उपक्षेत्रीय संयोजकमा खगेन्द्र न्यौपाने र पारसमणि पोखरेल विजयी हुँदा महिला संयोजकमा अमृता थापा र युवा संयोजकमा दीपकप्रसाद कँडेल निर्विरोध चयन हुनुभयो ।

अमेरिका क्षेत्रको संयोजकमा राजन त्रिपाठी, उपसंयोजकमा रामसी पोखरेल विजयी हुनुभएको छ । त्यस्तै महिला संयोजकमा उमा कार्की थापा, युवा संयोजकमा विमला सापकोटा निर्विरोध चयन हुनुभयो । ओसिएन क्षेत्रको संयोजकमा होमनाथ पाण्डे, उपसंयोजकमा नवीन कँडेल विजयी हुँदा महिला संयोजकमा जानकी पौडेल र युवा संयोजकमा राजकुमार थपलिया निर्विरोध निर्वाचित हुनुभयो । युरोप क्षेत्रको संयोजकमा नारायणप्रसाद आचार्य निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू