अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०६ | Colorodo: 20:21

अस्टिन टेक्ससमा सांस्कृतिक कार्यक्रम हुने

बिआरटीनेपाल २०७६ कार्तिक १ गते ६:४९ मा प्रकाशित

ग्रेटर अस्टिन नेपाली सोसाइटीले दसैँ तिहार, छठ पर्व र नेपाल सम्वत ११४० न्हूदँया भिन्तुनाको उपलक्ष्यमा शुभकामना आदान प्रदानका साथै भव्य सांस्कृतिक कार्यक्रम यही आउँदो अक्टोबर २० तारिखमा गर्ने भएको छ ।

लभ लेटर, पिच रोड, घाममा सुकाईदेउन र सानोमा सानो जस्ता दर्जनौँ हित गाना गाई सकेका युवाहरूको ढुकढुकी कलाकार समीर आचार्यको विशेष अतिथिका साथ स्थानीय कलाकारहरूको बेजोड सङ्गममा, ग्रेटर अस्टिन नेपाली सामुदायिक केन्द्रको सहयोगार्थमा हुन लागेको अध्यक्ष भोजराज भट्टले जानकारी गराउनु भएको छ । साथै शुभकामना आदानप्रदानका लागि सम्पूर्ण नेपाली र नेपाली भाषी दाजुभाइ दिदी बहिनीहरूमा उक्त दिन एसियन अमेरिकन रिसोर्स सेन्टरमा साँझ ५:३० बजेदेखि राती १०:३० बजेसम्म कार्यक्रममा उपस्थित भइदिन अनुरोध पनि गर्नु भएको छ ।

प्रतिक्रिया