अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५५ | Colorodo: 10:10

उसु टोली चीन प्रस्थान

बिआरटीनेपाल २०७६ असोज ३० गते ९:४३ मा प्रकाशित

१५ औं विश्व उसु प्यासिफिक च्याम्पियनसिपमा सहभागी हुन नेपाली उसु टोली चीन प्रस्थान गरेको छ । ११ जना खेलाडीसहितको टोली आज चीन प्रस्थान गरेको हो । टोलीलाई आजै नेपाल उसु महासंघका अध्यक्ष विर बहादुर तामाङ्ले बिदाइ गर्नुभएको थियो । ११ जना खेलाडीहरुले विभिन्न स्पर्धामा चुनौती प्रस्तुत गर्नेछन् ।

थाउलुतर्फ सुस्मिता तामाङ्, निमा घर्तीमगर, विजय सिन्जाली, दिपक हमाल, मिना ग्लान, विश्व बुढामगर, कविता थापा र शिवजी सिलवालले सहभागिता जनाउने छन् भने सान्सोतर्फ विन्दु पुनमगर, जुली राइ र किरण सिंह सावदले सहभागिता जनाउने उसु महासंघलाई उदृत गर्दै राष्ट्रिय खेलकुद परिषदले जनाएको छ । च्याम्पियनसिप चीनको संघाइमा अक्टोबर १९ देखि २५ सम्म हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू