अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३१ | Colorodo: 10:46

सरकारमा बस्नुको औचित्य छैन– डा. भट्टराई

बिआरटीनेपाल २०७६ असोज ३० गते ९:३७ मा प्रकाशित

समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बावुराम भट्टराईले डेढ वर्षको अवधिमा संविधान संशोधनमा चासो नदेखाएकाले सरकारमा बस्नुको औचित्य नरहेको बताउनुभएको छ । बिहीबार गृहजिल्ला गोरखामो पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै दिँदै उहाँले आफ्नो पार्टी सत्ताको साझेदार नरहेको पनि बताउनुभयो । छिट्टै केन्द्रीय समिति बैठक बसी सरकारमा बस्न वा नबस्ने वारे उपयुक्त निर्णय लिने भट्टराईको भनाई थियो ।

सर्तसहित सरकारमा गएकाले आफ्नो पार्टीलाई सरकारको अंगको रुपमा हेर्नु उपयुक्त नरहेको उहाँको दावी थियो । एक फरक प्रसंगमा भट्टराईले हिउँदे अधिवेशन अगावै सभामुखको निर्वाचन हुने पनि बताउनुभयो । संविधानअनुसार अब फरक पार्टीको सभामुख र उपसभामुख हुनुपर्ने उहाँको तर्क थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू