अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३० | Colorodo: 07:45

चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपालको छवि बढ्यो –संचारमन्त्री बाँस्कोटा

बिआरटीनेपाल २०७६ असोज ३० गते ९:३४ मा प्रकाशित

चिनियाँ राष्ट्रपतिको भ्रमणले अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि अतुलनीय रुपमा बढेको सरकारका प्रवक्ता एवं सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बताउनुभएको छ । चिनियाँ राष्ट्रपतिको २३ वर्षपछि नेपाल भ्रमण हुनु आफैंमा महत्वपूर्ण घटना भएको र यसको बहुआयामिक महत्व रहेको उहाँले दाबी गर्नुभयो ।

आज मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै बास्कोटाले भ्रमणले नेपाललाई अल्पकालीन र दीर्घकालीन फाइदा भएको बताउनुभएको छ । राष्ट्रपति सीको भ्रमणले विश्वको आँखा नेपालमा परेको बास्कोटाको भनाई छ ।

भ्रमणले राजनीतिक नेतृत्वबीच निकट र सुमधुर सम्बन्ध स्थापित गरेको समेत उहाँले बताउनुभयो । मन्त्री बास्कोटाले नेपालले विश्वका नेताहरुलाई सुरक्षा र सम्मान दिन सक्ने अवस्थामा पुगेको भन्दै खुशीसमेत व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू