अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०४ | Colorodo: 04:19

अमेरिकी राष्ट्रपतिद्धारा सिरियाबाट अमेरिकी सुरक्षाबललाई फिर्ता बोलाउने निर्णयको बचाउ

बिआरटीनेपाल २०७६ असोज ३० गते ९:२९ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर पूर्वी सिरियाबाट अमेरिकी सुरक्षाबललाई फिर्ता बोलाउने आफ्नो निर्णयको बचाउ गर्नुभएको छ । ह्वाइट हाउसमा संवाददाताहरुसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले टर्कीले आक्रमण गरेको सिरियाको भूमी आफुहरुको सीमा क्षेत्र नभएको र विद्रोही कुर्द लडाकु देवदुत पनि नभएको टिप्पणी गर्नुभयो ।

अमेरिकी सेना फिर्ता बोलाएर आफ्नै समर्थक रहेका कुर्द लडाकुविरुद्ध टर्कीलाई आक्रमणका लागि हरियो झण्डा देखाएको भन्दै आलोचना भइरहेको बेला राष्ट्रपति ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो । सेना फिर्ता बोलाएको भन्दै राष्ट्रपति ट्रम्पकै दल रिपब्लिकन सांसद र विपक्षी डेमोक्रेटिक सांसदले तल्लो सदनमा खेद प्रस्तावमा मतदान गरेका छन् । यता राष्ट्रपति ट्रम्पले भने कुर्द लडाकुविरुद्ध टर्कीको हमला अमेरिकाको समस्या नभएको बताउनुभएको छ ।

चरमपन्थी संगठन इस्लामिक स्टेटको कारबाहीमा कुर्द सेनाले गरेको समर्थनको बदलामा अमेरिककाले थुप्रै रकम दिएको उहाँको भनाइ छ । राष्ट्रपति ट्रम्पले अमेरिकी सेना सुरक्षित रहेको भन्दै लडाइ नलडिकन पनि लक्ष्य हासिल गर्न सकिने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू