अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४९ | Colorodo: 13:04

ओली नै पाँच वर्षका लागि प्रधानमन्त्री – नेता शर्मा

बिआरटीनेपाल २०७६ असोज ३० गते ९:२६ मा प्रकाशित

सत्तारुढ दल नेकपाका राष्ट्रियसभाका संसदीय दलका नेता दीनानाथ शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले नै पाँच वर्षसम्म सरकारको नेतृत्व गर्ने बताउनुभएको छ । नेता शर्माले सरकारको नेतृत्व पूरै कार्यकाल ओलीले गर्ने भएकाले त्यसमा आलोपालो नहुने पनि प्रष्ट पार्नुभयो ।

सरकारको नेतृत्वमा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आलोपालो हुने चर्चा भएइरहेका बेला नेता शर्माले ओलीले नै पाँच वर्षसम्म सरकारको नेतृत्व गर्ने दावी गर्नुभएको हो । बिहीबार काठमाडौंमा आयोेजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले सरकारले राम्रो काम गरिरहेकाले पनि ओलीलाई नै पूरा कार्यकाल सरकारको नेतृत्वमा राख्नुपर्ने तर्क गर्नुभयो ।

नेता शर्माले मन्त्रीपरिषद पुनर्गठन हुने विषयमा प्रधानमन्त्रीले पार्टीका शीर्ष तहमा छलफल गरिरहेको पनि उल्लेख गर्नुभयो । सरकारले अन्तर्राष्ट्रिय रुपमा विश्वास आर्जन गरेकाले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण सम्भव भएको पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू