अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१० | Colorodo: 23:25

रिक्त सभामुख पदमा कांग्रेसको दावी

बिआरटीनेपाल २०७६ असोज ३० गते ९:२८ मा प्रकाशित

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधीसभाको रिक्त सभामुख पदमा दावी गरेको छ । पार्टीका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहन बहादुर बस्नेतले प्रतिनिधिसभाको रिक्त सभामुख पदमा आफ्नो पार्टीको दाबी रहेको बताउनुभएको हो । रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै उहाँले नेपालको संविधानले पनि सभामुख र उपसभामुख फरक फरक दलको र फरक लिङको हुनुपर्छ भनेर व्यवस्था गरेको उल्लेख गर्दै सभामुखमा पार्टीको तर्फबाट उम्मेद्वारी दिने प्रष्ट पार्नुभयो ।

नेता बस्नेतले चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने राजकीय नेपाल भ्रमण महत्वपूर्ण रहेको समेत बताउनुभएको छ । सीको भ्रमणको क्रममा सडक, हाईड्रोदेखि रेलसम्म सम्झौता भएको उल्लेख गर्दै उहाँले कार्यान्वयन पक्षलाई पनि कडाईका साथ अघि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

साक्षात्कारमा बोल्दै उहाँले चिनियाँ राष्ट्रपतिको २३ वर्षपछि नेपाल भ्रमण भएपनि दौत्य सम्बन्ध स्थापना भएपछि पनि तीन वटा चिनियाँ राष्ट्रपति र ५ जना प्रधानमन्त्रीले नेपाल भ्रमण गरेको र सो अवधिमा धेरै सन्धि तथा सम्झौता भएको स्मरण गर्नुभयो । तर, ती सम्झौताहरु कार्यान्वयन नभएको नेता बस्नेतको गुनासो थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू