अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१८ | Colorodo: 19:33

नेपाल र म्यानमारबिच पर्यटन तथा संस्कृति सम्बन्धी समझदारी

बिआरटीनेपाल २०७६ असोज ३० गते ९:१९ मा प्रकाशित

म्यानमारको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारी र म्यानमारका स्टेट काउन्सिलर आङ सान सु चीको उपस्थितिमा आज दुईपक्षीय वार्ता भई पर्यटन र संस्कृतिका क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

म्यानमारको राजधानी नेपिटस्थित प्रेसिडेन्सियल हाउसमा भएको वार्तापछि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र म्यानमार सरकारका अन्तराष्ट्रिय सहयोगमन्त्री क्य तीनबिच ती दुई समझदारीपत्रमा हस्ताक्षर भई आदानप्रदान भएको हो । राष्ट्रपति भण्डारी म्यानमार गणतन्त्र संघका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा हिजो बेलुका म्यानमारको राजधानी नेपित पुग्नुभएको थियो ।

राष्ट्रपति भण्डारी र स्टेट काउन्सिलर सु चीबीच उपहार आदानप्रदानसमेत भएको छ । राष्ट्रपति भण्डारी र राष्ट्रपति विनबीच आज प्रेसिडेन्सियल हाउसमा भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीले सो हाउसमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू