अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३४ | Colorodo: 08:49

लिबियामा ८२ जना गैरकानूनी आप्रवासीको उद्धार

बिआरटीनेपाल २०७६ असोज ३० गते ७:३३ मा प्रकाशित

त्रिपोली , ३० असोज : लिबियाली नौसेनाले बुधबार देशको पश्चिमी तटीय क्षेत्रमा अफ्रिकी र एशियाका ८२ भन्दा बढी गैरकानूनी आप्रवासीलाई उद्धार गरेको छ ।

आप्रावासीहरु सङ्कटमा परेको भन्ने एउटा टेलिफोन कल प्राप्त भएपछि तटस्थ सुरक्षाकर्मीहरूले ११ महिला र आठ बच्चाहरू सहित ८२ अवैध आप्रवासीलाई उद्धार गरेको नौसेनाका प्रवक्ता अयोब काससेमले बताउनु भएको छ । त्रिपोलीबाट ४५ किलोमिटर पश्चिममा रहेका तटीय शहर जबियाबाट ६५ किलोमिटर टाढा रहेको स्थानामा सो उद्वारकार्य भएको बताइएको छ ।

त्रिपोलीभन्दा १२० किलोमिटर पूर्वमा रहेको खोम्सको तटमा अघिल्लो दिनमा लिबियाको नौसेनाले ९० जना अवैध आप्रवासीलाई उद्धार गरेका थिए । सन् २०११ बाट लिबिया असुरक्षा र अराजकताको घेरामा परेको छ । लिबियाली वरिष्ठ नेता मुअम्मर गद्दाफीलाई २०११ मा हटाइएपछि हजारौं अवैध आप्रवासीहरु जसमा अधिकांशत अफ्रिकीहरुले लिबियाबाट भूमध्यसागर पार गर्ने निर्णय गरेका थिए ।

सुरक्षा बिग्रिएको सुरक्षा अवस्थाका कारण लिबिया शरणार्थीहरूको शरणस्थानको लागि सुरक्षित स्थान नभएको शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तले बारम्बार बताउदै आउनु भएको छ । गोरखापत्रबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू