अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२० | Colorodo: 02:35

चाडपर्वले राष्ट्रिय एकता बलियो बनायो – सभापति देउवा

बिआरटीनेपाल २०७६ असोज २९ गते ८:२४ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दशैं, तिहारजस्ता चाडपर्वले राष्ट्रिय एकतालाई बलियो बनाउने काम गरिरहेको बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टीले भृकुटीमण्डपमा दशैं, तिहार, नेपाल संवत्, छठ पर्वको अवसरमा भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा सहभागी भएपछि सभापति देउवाले चाडपर्वको अवसर पारेर आयोजना हुने चियापान कार्यक्रमलाई आफूले पार्टीहरूबीचको सम्बन्ध नजिक ल्याउने अवसरको रूपमा लिएको उल्लेख गर्नुभयो ।

देउवाले विपी कोइरालाले दशैंको अवसर पारेर सुरु गरेको चियापान कार्यक्रम नेकपा लगायतका सबै राजनीतिक पार्टीहरुले पनि आयोजना गर्न लागेकोमा आभार ब्यक्त गर्नुभयो । सभापति देउवाले नेताहरूबीच शुभकामना आदानप्रदान गर्ने अवसरको रूपमा पनि चाडपर्वहरूलाई लिनुपर्ने बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू