अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५३ | Colorodo: 22:08

९ युवा नेपाली वैज्ञानिकले रुसमा प्रस्तुति दिँदै

बिआरटीनेपाल २०७६ असोज २९ गते ८:२३ मा प्रकाशित

९ जना युवा नेपाली वैज्ञानिकहरुले रुस पुगेर विभिन्न विषयमा प्रस्तुति दिने भएका छन् । सोमबारदेखि रुसमा सुरु भएको आठौं एसिया प्यासिफिक योङ्ग साइन्टिस्ट कन्फ्रेन्समा विभिन्न कलेजमा अध्ययनरत ९ जना युवाहरु सहभागि हुन लागेका हुन् ।

नेपाल पोलिमर इन्स्टिच्युटको पहलमा गत शनिबार सम्मेलनमा भाग लिन टोली रुस प्रस्थान गरेको थियो । सम्मेलनमा साउथ वेष्टर्न स्टेट कलेजका स्वराज सागर प्रधान, ओमेगा कलेजका विवेक ढुङ्गाना, नाइटिङ्गेल स्कूलका अभिनभ गौलीले प्रस्तुति दिँदैछन् । त्यसै गरी आस्था स्कूलका अर्जुन सारु र दीक्षा सञ्जेल, काठमाण्डौं मोडेल कलेजका ऋषिकुमार गुप्ता, सेण्ट जेभियर्स कलेजकी आस्था शाह र कृतिश पोखरेलले पनि सम्मेलनमा प्रस्तुति दिने बताइएको छ । युनिग्लोब कलेजका बीरेन्द्र बुढा लगायतले विभिन्न विषय तथा क्षेत्रमा आफूले गरेका आविष्कार तथा खोजका विषयमा प्रस्तुति दिनेछन् ।

साउथ वेष्टर्न स्टेट कलेजका प्रधानले युज अफ माइक्रोस्याटलाइट फर ग्लोबल कनेक्टीभिटी, हाइस्पीड ट्रान्समिशन एण्ड डाटा एनालाइसिसमा प्रस्तुति दिनेछन् । ओमेगा कलेजका ढुङ्गानाले ट्राफिक मिटिग्रेशन इन म्याथमेटिकल वेमा प्रस्तुती दिने छन् भने नाइटिङ्गेल स्कूलका गौलीले हाइड्रो एग्रीकल्चर प्रोटोटाइपः मल्टिपल युज अफ वाटर रिसोर्सेज इन नेपाल विषयमा कार्यपत्र प्रस्तुत गर्दै छन् । टालीका अरु सहभागिहरुले पनि विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् । अक्टोबर १४ बाट सुरु भएकोे सम्मेलन २० तारिखसम्म चल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू