अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५७ | Colorodo: 08:12

सिरियामाथि टर्कीको आक्रमण जारी, हमलाको सर्वत्र विरोध

बिआरटीनेपाल २०७६ असोज २९ गते ८:१० मा प्रकाशित

अन्तर्राष्ट्रिय दवाव र अमेरिकी प्रतिवन्ध जारी रहेपनि टर्कीले सैन्य कारवाहीलाई एक सातादेखि जारी राखेको छ । तर, रसियाले टर्की र सिरियाबीच जारी सैन्य कारवाही तत्काल अन्त्य हुनुपर्ने बताएको छ । उत्तरी सिरियामा टर्कीको सैन्य कारवाही जारी रहेका बेला रसियाले टर्कीको उक्त कदम तत्काल बन्द हुनपर्ने धारणा राखेको हो ।

सिरियाका लागि मस्कोका विशेष दुत लभरेन्टिएभले दुवै देशबीच चलिरहेको सैन्य कारवाही मान्य नहुने बताउनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।तर कुर्द लडाकूहरु रहेका गाउँ र शहर कब्जा गरेपछि टर्कीका राष्ट्रपति रेसेप तैयेप एर्दोगनले सिरियन प्रजातान्त्रि सेना (एसडीएफ) लाई अगाडि बढाउने योजनामा जोड दिने बताउनुभएको छ ।

गत हप्ता अमेरिकाले सिरियाबाट आफ्ना सैनिक फिर्ता बोलाउने निर्णय गरेसँगै टर्कीले कुर्द लडाकूहरुको पकड क्षेत्रमा आक्रमण थालेको हो । आक्रमणका कारण हजारौं सर्वसाधारण बिस्थापित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू