अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२३ | Colorodo: 06:38

अमेरिकामा चियापान कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७६ असोज २८ गते १५:२६ मा प्रकाशित

न्यु-योर्क, गत आइतबार अक्टोबर १३ तारिखको दिन, नेपाली जनसम्पर्क समिति न्यु योर्क च्याप्टर अमेरिकाले कोजाग्रत पूर्णिमाको दिन पारेर, २०७६ सालको दसैँ-तिहार, नेपाल संवत्, छठ पर्व, बलिहाङ तङनाम लगायत सबै आउने चाडपर्वको अवसरमा सदा झैँ यस वर्ष पनि शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।

जन नायक विपी कोइरालाले २०३३ साल दशैको कोजाग्रत पूर्णिमाको अवसर पारेर सुरु गरेको शुभ कामना आदान प्रदान तथा चियापान कार्यक्रमलाई विश्वभरका जनसम्पर्क समितिले केही वर्ष देखि प्रवासमा पनि निरन्तरता दिदैं आइरहेको छ ।

निरन्तरता कै लागि न्यु योर्क च्याप्टर द्वारा, न्यूयोर्कको स्थानीय ज्याक्सनहाईटमा आयोजित कार्यक्रममा जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनीन्द्र नेम्बाङ, न्यु योर्क च्याप्टरका सभापति रोशन ढुङ्गाना, उप सभापति अमर तामाङ, नेबिसंघका पूर्व केन्द्रीय सदस्य अनजान चौलागाई, तरुण नेता हेमन्त मल्ल, शिव वाँनिया, कलाकार विक्रान्त बस्नेत, लगायतको उपस्थिति रहेको थियो ।विल्कुल फरक ढाँचाले आयोजना गरेको चियापान कार्यक्रमलाई सफल बनाउनका लागि च्याप्टरका सभापति र उप सभापति अमर तामाङ अहोरात्र खटिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू