अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०९ | Colorodo: 19:24

एनआरएनएको काममा पुर्व अध्यक्ष शेष घलेको असन्तुष्टि

बिआरटीनेपाल २०७६ असोज २८ गते ८:०० मा प्रकाशित

गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घलेले संस्थाको काम र भूमिकाप्रति असन्तुष्टि जनाउनुभएको छ । मंगलवारबाट शुरु भएको एनआरएनएको नवौं विश्व सम्मेलनको उद्घाटन सत्रमा बोल्दै दुई कार्यकाल एनआरएनएको नेतृत्व गरेका पूर्वअध्यक्ष घलेले आफूले थालेका राम्रा कार्यक्रमलाई पनि निरन्तरता नदिइएको भन्दै आक्रोश ब्यक्त गर्नुभएको हो ।

घलेले आफ्नो कार्यकालमा थालिएका राम्रा कामलाई पनि अहिलेको नेतृत्वले बिर्सिएकोे गुनासो समेत गर्नुभयो । ‘कतिपय राम्रा कामलाई पनि निरन्तरता दिइएको छैन’, उहाँले भन्नुभयो, ‘नेपाल र नेपालीको हितमा संघलाई सक्रिय गराउन यही शैलीले सम्भव हुँदैन । यसरी त हामी हाम्रो उद्धेश्य अनुसार अघि बढ्नै सक्दैनौँ।’ एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द« महतोले भने यसअघिनै संघको गतिबिधीप्रति असन्तुष्टि जनाउदै सम्मेलन वहिस्कारको घोषणा गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू