अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३१ | Colorodo: 19:46

‘चीनका राष्ट्रपतिको भ्रमणले नेपालको अन्तर्राष्ट्रिय छवि अभिवृद्धि’–नेकपा

बिआरटीनेपाल २०७६ असोज २८ गते ७:५७ मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विदेश मामिला विभागले चीनका राष्ट्रपति सी चिनफिङको भ्रमण सफल हुनुले नेपालको अन्तर्रा्ष्ट्रिय प्रतिष्ठा अभिवृद्धि गरेको जनाएको छ । विभागले मंगलबार गरेको समीक्षामा राष्ट्रपति सीको भ्रमण फलदायी भएको र यसले दीर्घकालीन महत्व राख्ने तथा नेपालको विकासमा कोसेढुंगा सावित हुने निष्कर्ष निकालिएको विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

विभागका प्रमुख पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विश्वका शक्तिशालीमध्येको एक मुलुकका राष्ट्रप्रमुखको भ्रमण गराउनसक्ने क्षमता नेपालमा रहेको भरपूररुपमा देखाएको ठहर गर्दै विभागले यस भ्रमणले देशमा लगानीको वातावरण, छिमेकी र अन्तर्राष्ट्रिय चासो बढाउनाका साथै नेपाल पर्यटन वर्ष २०२० लाई पनि योगदान दिएको बैठकमा बताउनुभयो ।

भ्रमणका क्रममा भएका दुईपक्षीय र महत्वपूर्ण सम्झौताहरुको कार्यान्वयनका लागि सरकारको सम्बन्धित निकायले तदारुकता देखाउनुपर्नेमा पनि नेपालले जोड दिनुभएको छ । समीक्षामा उपप्रमुखद्वय राम कार्की र रिजालका साथै डा. युवराज संग्रौला, मिलन तुलाधर, डा. रुपक सापकोटा र मात्रिका पौड्याल लगायतकाको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू