अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२१ | Colorodo: 06:36

पोखरामा आयोजित अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौडमा २७ टिम सहभागी हुने

बिआरटीनेपाल २०७६ असोज २८ गते ७:५० मा प्रकाशित

पोखरामा बुधवार आयोजना हुने अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौड प्रतियोगितामा चिनियाँ र्२ टिम सहित २७ टिम सहभागी हुने भएका छन्। पोखरामा हुने उक्त ४२.२ किलोमिटर दौड प्रतियोगिताको लागि दुई टिम सहित ३० जना चिनियाँ धावक सहभागी हुने कार्यक्रम संयोजक विश्वशंकर पालिखेले बताउनु भयो ।

प्रतियोगितामा नेपाली २५ टिम सहित ७५ जना सहभागी हुने पालिखेले बताउनुभयो । उहाँका अनुसार प्रतियोगितामा १ सय ५ जना धावक सहभागी हुनेछन् । जस मध्ये २० जना चिनियाँ धावक एकल तर्फ दौडमा सहभागी हुने भएका हुन्। विभागीय सहित २५ टिममा हरेक टिममा महिला सहित गरी ७५ जना सहभागी हुने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू