अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०८ | Colorodo: 18:23

जापानका आँधीका कारण मृत्यु हुनेको संख्या ७० पुग्यो

बिआरटीनेपाल २०७६ असोज २८ गते ७:४६ मा प्रकाशित

शक्तिशाली समुद्री आँधी हागिबिसका कारण जापानमा ज्यान गुमाउनेको संख्या ७० पुगेको छ । जापानमा आँधी पुगेको चौथो दिन मंगलबारसम्म ज्यान गुमाउनेको संख्या ७० पुगेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।

पछिल्लो ६० वर्ष यताकै शक्तिशाली आँधीका कारण जापानको जनजीवन प्रभावित भएको छ । आँधीका कारण प्रभावितहरुको उद्धार तथा राहतका लागि एक लाख १० हजार भन्दा बढी सैनिक तथा उद्धारकर्मी परिचालन गरिएको जापान सरकारले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू