अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५२ | Colorodo: 01:07

अफताव आलमलाई सात दिन हिरासतमा राख्न प्रहरीलाई अदालतको अनुमति

बिआरटीनेपाल २०७६ असोज २८ गते ७:४३ मा प्रकाशित

अदालतले राजपुर बमकाण्डका आरोपी रौतहट क्षेत्र नं. २ का निलम्बित सांसद् एवं पूर्वमन्त्री मोहम्मद आफताव आलमलाई हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीलाई सात दिनको अनुमति दिएको छ । अनुसन्धानका लागि प्रहरीले थप समय मागेपछि जिल्ला अदालत, रौतहटका न्यायाधीशका चित्रबहादुर गुरुङ्गको इजलासले कात्तिक ३ गतेसम्म अनुसन्धान गर्नका लागी प्रहरीलाई म्याद दिएको हो ।

१२ वर्षअघि ०६४ चैत २७ गते राजपुरमा बम विस्फोट गराएको अभियोगमा आलमलाई असोज २६ गते प्रहरीले इद्रिस गेटनजिकैबाट पक्रेको थियो । आलमले न्यायाधीशसमक्ष घटनाको मुद्दा ०६५ मै नचल्ने निर्णय भएको र अहिले आफूलाई सोही मुद्दामा पक्राउ गरिएकोमा आश्चर्य लागेको बताउनुभएको थियो ।

उहाँले अदालतबाट बाहिरिँदै गर्दा घटनाको दूधको दूध र पानीको पानी चाँडै छुट्टिने प्रतिक्रिया दिनुभएको छ । अदालती निर्णयको सम्मान गर्ने पनि आलमको भनाई थियो । म्याद थपपछि आलमलाई फेरि जिल्ला प्रहरी कार्यालय, रौतहट नै लगिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू