अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२२ | Colorodo: 10:37

गैर आवासीय नेपालीलाई जलविद्युतमा लगानी गर्न अर्थमन्त्री खतिवडाको सुझाव

बिआरटीनेपाल २०७६ असोज २८ गते ७:४० मा प्रकाशित

अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न गैर आवासीय नेपाली (एनआरएन) हरुलाई सुझाव दिनुुभएको छ । गैरआवासीय नेपालीहरुलाई नेपालको जलविद्युत क्षेत्रमा लगानी गरे उच्च प्रतिफल प्राप्त हुने जनाउ पनि अर्थमन्त्री खतिवडाले दिनुभयो ।

आजबाट काठमाडौंमा सुरु भएको गैर आवासीय नेपाली संघको नवौं विश्व सम्मेलनको पहिलो सत्रमा बोल्दै अर्थमन्त्री खतिवडाले सरकार एक्लैले मुलुकलाई समृद्ध बनाउन आवश्यक लगानी जुटाउन सम्भव नभएको उल्लेख गर्दै गैरआवासीय नेपालीहरुबाट जलविद्युत क्षेत्रको विकासका लागि वार्षिक रुपमा करिब ७० अर्ब लगानीको अपेक्षा गरिएको बताउनु भयो ।

अर्थमन्त्री खतिवडाले १० वर्षमा १० हजार मेघावाट विद्युत उत्पादन गर्ने सरकारले लक्ष्य लिएको उल्लेख गर्दै त्यसका लागि बाह्य लगानीको आवश्यकतामा सरकारले जोड दिएको प्रष्ट पार्नुभयो । अर्थमन्त्री खतिवडाले मुलुकको आर्थिक विकासमा गैरआवासीय नेपालीहरुले गर्दै आएको सहयोगको खुलेर प्रशंसासमेत गर्नुभयो ।

प्रतिक्रिया