अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४४ | Colorodo: 04:59

आदित्य र छहारी

डा. दुर्गा दाहाल, “अनुभव” २०७६ असोज २७ गते १८:०५ मा प्रकाशित

कविता:

तिमी जाज्वल्यमान रहेछौ, आदित्य
संसारलाई घाम दिएउ र अमेरिकालाई पनि,
आफू बलिया रहेछौ, क्रान्तिकारी रहेछौ
बरु खरानी हुन्छौ तर राप दिन्छौ शूर बनी

रापले पोले पछि छहारी दिन आउँछौ, रूख
कति सहृदयी, सहानुभूति शील तिमी,
हँसिया र हथौडाले हान्न थाले पछि
आएउ रक्षा कवच बनी अविलम्ब तिमी

तर । यसरी खड्ग र सूर्यको प्रचण्ड ताप हुनु
र, रूख ढलेर किचे पछि विकल्प छ केवल रुनु

#क्यालिफोर्निया, अमेरिका (हाल काठमान्डु )