अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५२ | Colorodo: 03:07

सौरव गांगुली बीसीसीआईको नयाँ अध्यक्ष बन्ने पक्का

बिआरटीनेपाल २०७६ असोज २७ गते ८:५२ मा प्रकाशित

भारतीय क्रिकेट टोलीका पूर्व कप्तान सौरव गांगुली भारतीय क्रिकेट कन्ट्रोल अफ बोर्ड (बीसीसीआई)को नयाँ अध्यक्ष बन्ने पक्का भएको छ। सोमबार बीसीसीआईका पूर्व सदस्य राजीव शुक्लाले मुम्बइमा उक्त घोषणा गरेका हुन्। गांगुलीले पनि उक्त पदको लागि नाम दर्ता गराएका थिए। उनी बाहेक अरु कसैले पनि उक्त पदमा निवेदन दर्ता नदिएपछि उनी निर्विरोध बीसीसीआईका अध्यक्ष बन्ने छन्। जसको घोषणा आउँदो अक्टोबर २३ तारिकमा हुनेछ। गांगुली १० महिनाको लागि अध्यक्ष पदमा काम गर्न पाउनेछन्। यसअघि गांगुली ५ वर्ष २ महिनादेखि बंगाल क्रिकेट एशोसिएशनका अध्यक्ष रहँदै आएका थिए।

नयाँ नियमका अनुसार बोर्डको कुनै पनि सदस्य लगातार ६ वर्षसम्म मात्रै कुनै पदमा रहने गर्दछ। त्यसै कारण गांगुलीको बीसीसीआईमा कार्यकाल सेप्टेम्बर २०२०मा समाप्त हुनेछ। गांगुली बीसीसीआईका यस्तो अध्यक्ष हुनेछन् जझसँग ४ सयभन्दा बढी अन्तर्राष्ट्रिय क्रिकेट म्याचको अनुभव हुनेछ भने उनले ४२४ म्याच खेलेका छन्।

गांगुलीभन्दा पहिले १९५४ देखि १९५६सम्म ३ टेस्ट म्याच खेल्ने महाराज कुमार अफविजयनगरम (विजयआनन्द गणपति राजू) नै पूर्णकालिक अध्यक्ष थिए। तर २ सय ३३ अन्तराष्ट्रिय म्याच खेल्ने सुनील गावस्कर तथा ४२ म्याच खेल्ने शिवलाल यादवले पनि बोर्डको नेतृत्व गरेका थिए। तर दुवैजना सन् २०१४मा केही समयको लागि अन्तरिम अध्यक्ष नै थिए।

भारतीय क्रिकेट टोलीका पूर्व कप्तान सौरव गांगुलीले भनेका छन्, ‘ यो मेरो लागि केही नयाँ गर्ने मौका आएको छ। म त्यही समयमा यस्तो महत्वपूर्ण कुर्सीमा बस्न गइरहेको छु।म देश को लागि खेलेको मानिस हुँ। अब केही गर्ने बेला आएको छ। म यस्तो केही गर्नेछु जुन सीओएले ३३ महिनामा गर्न सकेका थिएनन्। ‘

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू