अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४१ | Colorodo: 13:56

२२ जनालाई इँटाभट्टामा जलाएर मारेको आरोप लागेका सांसद आलमको खोसियो सेवा सुविधा

बिआरटीनेपाल २०७६ असोज २७ गते ८:५२ मा प्रकाशित

२२ जना व्यक्तिलाई जिउँदै इँटाभट्टामा जलाएर मारेको आरोपमा पक्राउ परेका कांग्रेस सांसद अफताब आलमले संसद् सदस्यका रूपमा पाउने सेवासुविधा स्थगित भएको छ । संसद् सचिवालयले आलम पक्राउ परेको जानकारीसम्बन्धी सूचना सूचनापत्रमा प्रकाशित गरेलगत्तै आलमले सांसदका रूपमा गर्ने काम र पाउने सेवासुविधा स्थगित भएको हो । आलम आइतवार रौतहटबाट पक्राउ परेका थिए ।

कुनै पनि सदस्य पक्राउ परेको जानकारी सभाको अध्यक्षता गर्ने व्यक्तिले प्राप्त गरेमा सदन चालू रहेको अवस्थामा तत्काल सभालाई जानकारी गराउने र चालू नरहेको अवस्थामा सूचना प्रकाशित गरी जानकारी गराउनुपर्ने व्यवस्था प्रतिनिधि सभा नियमावली, २०७५ को निमय २४४ उपनियम (१) र (२) मा उल्लेख छ ।

सूचनापत्रमा ’प्रतिनिधि सभा नियमावलीको नियम २४४ उपनियम (३) को प्रयोजनका लागि’ भनिएको छ, जसमा सेवासुविधा स्थगित हुने कुरा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू