अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४८ | Colorodo: 10:03

बेनर्जी, डुफ्लो र क्रेमरलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दिईने

बिआरटीनेपाल २०७६ असोज २७ गते ८:३५ मा प्रकाशित

भारतीय मूलका अमेरिकी नागरिक अभिजित बेनर्जी, उनकी श्रीमती एस्थर डुफ्लो र माइकल क्रेमर ‘नोबेल आर्थिक पुरस्कार २०१९’ को विजेता घोषित भएका छन्। ‘विश्वव्यापी गरिबी निवारणमा प्रयोगात्मक दृष्टिकोण’का लागि सोमबार उनीहरूलाई संयुक्त रूपमा विजेता घोषणा गरिएको हो।

यस वर्षको लोरेट्सले गरेको अनुसन्धानले विश्वव्यापी गरिबीविरूद्ध लड्न सक्ने क्षमतामा उल्लेख्य सुधार आएको देखाएको छ। ‘दुई दशकमा उनीहरूको नयाँ अनुसन्धानमा आधारित दृष्टिकोणले विकास अर्थशास्त्रलाई परिवर्तन गरेको छ, जुन अहिले अनुसन्धानको उपयुक्त क्षेत्र हो’ नोबेल पुरस्कार समितिले जारी गरेको वक्तव्यमा उल्लेख छ।

५८ वर्षीय बेनर्जीको शिक्षा युनिभर्सिटी अफ कलकत्ता, जवाहरलाल नेरु विश्वविद्यालय र हार्वड युनिभर्सिटीबाट भएको थियो। उनले १९८८ मा पिएचडी गरेका थिए। उनी हाल म्यासाचुसेट्स इन्सिच्युट अफ टेक्नोलोजीमा (एमआइटी) फोर्ड फाउन्डेशन अन्तर्रा्ष्ट्रिय प्रोफेसरका रुपमा कार्यरत छन्।

सन् २००३ मा बेनर्जीले उनकी श्रीमती डुफ्लो तथा सेन्ढिल मुल्लाइन थानसँगै अब्दुल लतिफ जमिल पोभर्टी एक्टन ल्याव स्थापना गरेका थिए। उनी उक्त प्रयोगशालाका निर्देशकमध्ये एक हुन्। उनले २०१५ पछि विकास एजेन्डामा संयुक्त राष्ट्रसंघ महासचिवको उच्चस्तरीय प्रतिष्ठित व्यक्तिको प्यानलमा पनि काम गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू