अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१७ | Colorodo: 16:32

राष्ट्रपति भण्डारी असोज २९ गतेबाट म्यानमारको राजकीय भ्रमणमा जाने

बिआरटीनेपाल २०७६ असोज २७ गते ८:३४ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारी बुधबारदेखि म्यानमारको राजकीय भ्रमणमा जानुहुने भएको छ । राष्ट्रपति भण्डारी म्यानमारका समकक्षी विन माइन्टको निमयन्त्रणामा अक्टोबर १६ देखि अक्टोबर २० सम्म पाँच दिने भ्रमणमा जान लाग्नुभएको हो ।

उहाँले राष्ट्रपति विन्ट र स्टेट काउन्सिलर आङ साङ सुचीसँग आपसी हित तथा द्विपक्षीय सम्बन्धबारे कुराकानी गर्ने परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले नेपाली मूलका म्यानमारका नागरिकहरुसँग पायन यु लायनमा पनि भेट्नुहुनेछ । यसका साथै राष्ट्रपति भण्डारीले यङगुनको ऐतिहासिक तथा सांस्कृतिक स्थलहरुको समेत भ्रमण गर्ने कार्यक्रम छ।

राष्ट्रपति भण्डारीको भ्रमण टोलीमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली समेत सहभागी रहनुहुनेछ भने परराष्ट्र सचिव, राष्ट्रपति कार्यालयका सचिव लगायत परराष्ट्रका उच्च पदस्थ कर्मचारीहरु पनि सहभागी हुनेछन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू