अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४५ | Colorodo: 19:00

घट्यो सुनको फेरि मुल्य

बिआरटीनेपाल २०७६ असोज २७ गते ८:१५ मा प्रकाशित

बिगत केही दिनदेखि निरन्तर ओरालो लागेको सुनको मूल्य घट्ने क्रम आज पनि जारी रह्यो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ७० हजार रुपैयाँ निर्धारण गरिएको छ । यो मूल्य अघिल्लो दिनको भन्दा १०० रुपैयाँ कम हो । आइतबार ७० हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेर ६९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुनको मूल्य तोलामा ६९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी ८४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू