अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२३ | Colorodo: 23:38

प्रधानमन्त्री र परिसंघका पदाधिकारीबीच भेट

बिआरटीनेपाल २०७६ असोज २७ गते ८:१२ मा प्रकाशित

नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आर्थिक तथा औद्योगिक क्षेत्रका समस्या समाधानका लागि ध्यानाकर्षण गराएको छ । आइतबार साँझ परिसंघका अध्यक्ष सतिश कुमार मोरको नेतृत्वको प्रमण्डलले प्रधानमन्त्री ओलीसँग प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेको हो ।

सो भेटमा प्रधानमन्त्रीले आर्थिक तथा औद्योगिक व्यवसायीक क्षेत्रका समस्याबारे आफु गम्भिर रहेको भन्दै समाधान गर्दै जाने विश्वास दिलाउनुभएको थियो । चीनका राष्ट्रपति सि चिनफिङको भ्रमणको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्रीले आर्थिक तथा पूर्वाधार विकासमा नयाँ अवसरहरु प्राप्त भएकाले त्यसको उपयोग गर्न निजी क्षेत्र तत्पर हुनुपर्ने बताउनुभयो ।

परिसंघका अध्यक्ष मोरले चीनका राष्ट्रपतिको भ्रमण अत्यन्तै सफल भएकोमा प्रधानमन्त्रीलाई बधाई दिनुभयो । भ्रमणका क्रममा भएको सम्झौता तथा समझदारीले हिमाल सीमापार बहुआयामिक सम्पर्क विस्तारमा थप महत्व दिएको, साथै यसबाट निजी क्षेत्र उत्साही भएकोले त्यसको कार्यान्वयनका लागि तिब्र सकृयताको खाँचो रहेको मोरले उल्लेख गर्नुभयो ।

सो अवसरमा परिसंघका निवर्तमान अध्यक्ष हरिभक्त शर्माले सरकारका विभिन्न निकायमा छिटो–छिटो सरुवा तथा विभागीय फेरवदल हुँदा त्यसको प्रतिकूल असर उद्योग व्यवसायमा परेको बताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू