अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:११ | Colorodo: 19:26

सिकागो म्याराथनमा सहभागी नेपाली धावकलाई सम्मान

बिआरटीनेपाल २०७६ असोज २७ गते ८:०० मा प्रकाशित

सिकागो म्याराथनमा सहभागी नेपाली धावकहरुलाई सिकागोमा सम्मान गरिएको छ । सिकागोल्यान्ड नेपाली फ्रेन्ड्शिप सोसाइटीले दौडमा सहभागी ३ जना धावकहरुलाई बिशेष कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । सिकागो म्इाराथनमा करिव ४५ हजार धावकहरुले भाग लिएका थिए ।

सो म्याराथनमा नेपालको ललितपुर जिल्ला निवासी ३५ बर्षीय सहदेब ब्यन्जनकार सहित डिसि मेट्रो एरियामा बस्ने रमेश ब्यन्जनकार र गोबिन्द अवालेले साढे ३ घन्टामा २६.२ माइल लामो सिकागो म्याराथन पूरा गरेका थिए । नेपाल भ्रमण बर्ष २०२० को प्रचार गर्ने उद्धेश्यसहित भ्रमण बर्षको जर्सी लगाएर दौड्मा भाग लिएको कारण पनि सिकागोको नेपालीहरुको साझा सन्स्था सिकागोल्यान्ड नेपाली फ्रेन्ड्शिप सोसाइटीले सम्मान गरेको हो ।

सिकागोमा जस्तै म्याराथन आज विश्वका ६ वटा स्थानमा सम्पन्न भएका छन । अमेरिकामा मात्र करिब ७० हजारले न्युयोर्क ५५ हजारले बोस्टन र ४५ हजारले सिकागोमा सहभागीता जनाएका थिए । सहदेब ब्यन्जनकारले नेपाल देखि नै आबदेन गरेर करिब आधा दर्जन सिकागो म्याराथनमा सहभागी जनाई सक्नु भएको छ भने रमेश ब्यन्जनकारले करिब ३० वटा म्याराथनमा सहभागी भैसक्नु भएको छ ।म्याराथन जित्नु भन्दा पनि सहभागी जनाएर समय भित्रै दौड पूरा गर्नु आफ्नो लक्ष रहेको रमेश ब्यन्जनकारले बताउनु भयो ।यस पटक नेपाल भ्रमण बर्षलाई प्रचार गर्ने मुख्य उद्धेशका साथ सहभागी भएको गोबिन्द अबालेले बताउनु भयो ।

सिकागो स्थित नाइल्स सिटिमा अवस्थित नेपाली रेस्टुरेन्ट हिमालयन मा सम्पन्न कार्यक्रममा संस्थाका सभापति टेकराज पौडेलको सभापतित्वमा सम्पन्न सम्मान कार्यक्रममा सल्लाहकार किरण ब्यन्जनकार, हिमालय राइनो क्लबका सभापति सुरज घिमिरेले सहभागी धावकहरुलाई माला र खादा लगाएर सम्मान गर्नु भएको थियो ।

प्रतिक्रिया