अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१५ | Colorodo: 10:30

एनआरएनए विश्व सम्मेलनको चुनावी कार्यक्रम प्रकाशित , १२ पदमा ४२ जना निर्वाचित हुने

बिआरटीनेपाल २०७६ असोज २७ गते ७:५३ मा प्रकाशित

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलनको चुनावी कार्यक्रम प्रकाशित भएको छ । नयाँ नेतृत्व चयनका लागि सोमवार निर्वाचन कार्यक्रम प्रकाशित भएको हो । विश्व सम्मेलनको मंगलबार उदघाटन काठमाडौंमा हुँदैछ । सम्मेलन १५ देखि १७ अक्टोबर अर्थात् असोज २८ गते देखि ३० गते सम्म चल्नेछ ।

काठमाडौंको हायत होटलमा आयोजना हुने नवौं अन्तर्राष्ट्रिय महाधिवेशनमा यस पटकदेखि १२ पदमा ४२ जना निर्वाचित हुने व्यवस्था गरिएको छ । संघको निर्वाचन समितिका अनुसार विश्व सम्मेलनबाट ४२ जना उम्मेदवार चुनिने छन् । विधानको नयाँ व्यवस्थाअनुसार संघको अध्यक्ष १, उपाध्यक्ष ५ (एक महिलासहित), महासचिव १, सचिव २, कोषाध्यक्ष, सहकोषाध्यक्ष, महिला संयोजक र युवा संयोजक १र१ जना निर्वाचित हुनेछन् ।

यसैगरी प्रत्येक क्षेत्रीय समितिबाट एकरएक गरी ६ जना क्षेत्रीय संयोजक चुनिने छन् । क्षेत्रीय उपसंयोजकमा भने यसपटक युरोप क्षेत्रबाट ३ जना चुनिने छन् । युरोपमा ३ जना क्षेत्रीय उपसंयोजक हुने नयाँ व्यवस्था पनि विधानले गरेको छ ।

एशिया प्रशान्त, अफ्रिका र मध्यपूर्वबाट २/२ जना क्षेत्रीय उपसंयोजक छानिने छन् भने उत्तर–दक्षिण अमेरिका र ओसेनियाबाट भने १/१ जना क्षेत्रीय उपसंयोजकमा चुनिने छन् । प्रत्येक क्षेत्रबाट १/१ जनाका दरले ६र६ जना क्षेत्रीय महिला संयोजक र क्षेत्रीय युवा संयोजक पनि चुनिने निर्वाचन समितिले जनाएको छ ।

निर्वाचनको सबै काम बुधबार २९ गते सकाउने गरी निर्वाचन समितिले कार्यक्रम प्रकाशित गरेको छ । उद्घाटन सत्रको भोलिपल्ट उम्मेदवारको मनोनयन दर्तादेखि मतदान र मतगणनासमेत सकाउने गरी कार्यक्रम प्रकाशित गरिएको छ । मतदानका लागि बुधबार दिउँसो ३ देखि राति ८ बजेसम्मको समय तोकिएको छ ।

एनआरएनएको आगामी आगामी नेतृत्व लिन कुमार पन्त र कुल आचार्य चुनावी मैदानमा ओर्लिनुभएको छ । पन्त जर्मनी तथा आचार्य बेलायतबाट प्रतिनिधित्व गर्दछन् । हाल दुबैजना उपाध्यक्ष रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू