अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०३ | Colorodo: 03:18

जनमत संग्रहको अगुवा गर्ने क्याटलानका ९ पृथकतावादी नेतालाई १३ वर्षसम्म कैद सजाँय

बिआरटीनेपाल २०७६ असोज २७ गते ७:५० मा प्रकाशित

स्पेनको एक अदालतले स्वतन्त्र राज्यका लागि जनमत संग्रहमा जाने स्पेनिस शहर क्याटलानका ९ जना नेतालाई १३ वर्षसम्म कैद सजाय गरेको छ। उनीहरु क्याटलानका उपराष्ट्रपतिदेखि सभामुखसम्म रहेका छन्।

सन् २०१७ मा क्याटलानमा पृथकवादी नेताहरुले जनमत संग्रह गरी स्वतन्त्र राज्यको नतिजा सार्वजनिक गरेपछि स्पेनको केन्द्रीय सरकारले हस्तक्षेप गरेको थियो। अन्य तीन जनाविरुद्ध पनि स्पेनको संविधान विपरीत गतिविधि काम गरेको पुष्टि गरिए पनि जेल सजाय भने तोकिएको छैन।

अदालतको फैसलापछि क्याटलान शहर बार्सिलोनामा व्यापक विरोध प्रदर्शन भएको छ। संविधानको भावना विपरीत जनमत संग्रहमा जान खोजेको भन्दै स्पेनले क्याटलानका नेताहरुविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाएको थियो।क्याटालोनियाका पूर्व राष्ट्रपति कार्ल्स पुइजडेमन्टले अदालतको फैसला समग्रमा सय वर्षको सजाय ‘निरंकुशताको हद’ भएको प्रतिक्रिया दिएका छन् । आफू पनि पक्राउ पर्ने संकेत पाएपछि पुइजडेमन्ट भागेर स्पेन आएका थिए।

सरकारी वकिलले क्याटालोनीयाका तत्कालिन उपराष्ट्रपति ओरियल जनक्वेरासविरुद्ध २५ वर्षसम्मको जेल सजाय माग गरेका थिए। उनीविरुद्ध राज्यद्रोह र सरकारी ढुकुटी दुरुपयोग अभियोगमा १३ वर्ष सजाय सुनाइएको छ। अदालतको फैसलापछि बार्सिलोना शहरमा क्याटलान समर्थकले ‘ राजनीतिक बन्दीलाई रिहा गर’लगायत उल्लेखित प्ले कार्ड बोकेर र्याली निकालेका थिए। अदालतमा बहस सकिएको चार महिनापछि फैसला सुनाइएको हो। बहसको अन्तिम दिन सबै १२ जना प्रतिवादीलाई १५र१५ मिनेट आफुलाई निर्दोष साबित गर्नका लागि बोल्ने समय दिइएको थियो।

प्रतिवादीहरुले राज्यद्रोहको आरोप अस्वीकार गरेपनि संविधान विपरीत काम गरेको भने स्वीकार गरेका थिए। सन् २०१७ मा क्याटलानलाई स्वतन्त्र राज्य घोषणा गरिएको थियो, जनमत संग्रहमार्फत। क्याटलानमा छुट्टै सरकार भएपनि त्यहाँको करमा स्पेनको केन्द्रीय सरकारको नियन्त्रणमा छ। क्याटलान समर्थकहरु स्वतन्त्र राज्य हुन आफुसँग पर्याप्त आधार रहेको र एक हजार वर्ष पुरानो आफ्नै इतिहाँस रहेको दावी गर्दै आएका छन्।

सम्पन्न र समृद्ध क्याटलानको ढुकुटी स्पेनका अन्य गरिब ठाउँहरुमा छरिने गरेको विरोधिहरुको टिप्पणी छ। करिब ७५ लाख जनसंख्या रहेको क्याटलानको आफ्नै भाषा, संसद, झन्डा र राष्ट्रिय गान छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू