अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३९ | Colorodo: 01:54

अमेरिकामा सडक दुर्घटनामा मृत्यु हुने दुई नेपाली

बिआरटीनेपाल २०७६ असोज २६ गते २२:२४ मा प्रकाशित

ओहायो । कोलम्बसमा शनिवार भएको सडक दुर्घटनामा मृत्यु हुने दुई नेपाली भएको खुलेको छ । कोलम्बस प्रहरीले मृत्यु हुने नेपाली अन्जु विश्वकर्मा, २४ बर्षकी र कार चालक ४० वर्षकी कुमारी विश्वकर्मा भएको खुलाएको छ । दुर्घटनामा अन्जुकी बहिनी सिर्जना, २२ वर्षकी गम्भीर घाइते बनेकी छन् । उनको माउन्ट कार्मेल इस्ट हस्पिटलमा उपचार भइरहेको छ । दुर्घटनाबाट २ जना पैदल यात्री सामान्य घाइते बनेका छन् । आउडि चालिका स्टिलवेल पनि सामान्य घाइते बेनको प्रहरीले जनाएको छ ।

दुर्घटना शनिवार राति १० बजे सनबरी रोड र मोर्स रोड चोकमा भएको थियो । प्रहरिका अनुसार कोबी स्टिलवेलनामकी १८ वर्षिया युवतीले चलाएको अउडि कारले पहिचान नखुलाइएकी ती महिलाले चलाइरहेको टोयोटा क्याम्री कारलाई ठक्कर दिएको थियो । ठक्करबाट टोयोटा कार चालक महिला कुमारी र त्यसमा सवार अन्जुको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको छ ।

Video:

प्रतिक्रिया