अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३५ | Colorodo: 19:50

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको प्रसाद ग्रहण

बिआरटीनेपाल २०७६ असोज २६ गते ९:१९ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरस्थित नवदुर्गा भवानीको पूजा तथा नवदुर्गा नाच अवलोकन गर्नु भएको छ । दशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमा राष्ट्रप्रमुखले भवानीको पूजा तथा नवदुर्गा नाच अवलोकन गरी प्रसाद ग्रहण गर्ने परम्परा छ ।

राष्ट्रपति भण्डारीलाई तलेजुका मूलनाइके नरेन्द्रप्रसाद जोशीले तलेजुको प्रसाद प्रदान गर्नुभयो । पूजा पश्चात राष्ट्रपतिलाई नवदुर्गा गणहरुले नवदुर्गा नाच प्रदर्शन गरेका थिए ।राष्ट्रपति भण्डारीले देवगणलाई दक्षिणा दिनुको साथै नवदुर्गा नाच संचालनका लागि नवदुर्गा गणलाई १५ लाख रुपैयाँ प्रदान गर्नुभएको छ ।

राष्ट्रपति नवदुर्गा मन्दिर आउँदा प्रतिनिधि सभा सांसद महेश बस्नेत, प्रदेश सांसदहरु, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, नगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख जिल्ला अधिकारी लगायतले राष्ट्रपति भण्डारीलाई स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू