अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४६ | Colorodo: 14:01

चीनको रेष्टुरेन्टमा विस्फोट, ६ को मृत्यु, ९ घाइते

बिआरटीनेपाल २०७६ असोज २६ गते ८:२२ मा प्रकाशित

चीनको पूर्वी क्षेत्रमा पर्ने जिङ्सु प्रान्तमा आइतवार कम्तीमा छ जनाको मृत्यु भएको छ भने अरू ९ जना घाइते भएका छन् । स्थानीय एक रेष्टुरेन्टमा ग्यास विस्फोटन हुँदा दुर्घटना भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।

सिहान जिल्लाको वाछी सहरको सडक छेउमा रहेको रेष्टुरेन्टमा स्थानीय समय अनुसार बिहान ११ बजे विष्फोटन भएको थियो । घटनापछि घाइते भएका मध्ये १५ जनालाई उपचारका लागि अस्पताल पठाइएको छ । घाइते ९ जनाको अवस्था स्थिर रहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू