अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४१ | Colorodo: 12:56

बुर्किनाफासोको मश्जिदमा भएको आक्रमणमा कम्तिमा १५ को मृत्यु

बिआरटीनेपाल २०७६ असोज २६ गते ८:१२ मा प्रकाशित

उत्तरी बुर्किनाफासोको एउटा मश्जिदमा बन्दुकधारीले आक्रमण गर्दा कम्तिमा १५ जनाको मृत्यु भएको छ । भित्र प्रार्थना भइरहेको बेलामा बन्दुकधारी सो मश्जिदमा छिरेका थिए । आक्रमणपछि थुप्रै मानिस गाउँ छोडेर बाहिर गएका छन् ।

केही वर्ष यता मात्रै बुर्किनाफासोमा सयौं मानिस यस खालको आक्रमणमा मारिएका छन् । आक्रमण जिहादी समूहबाट हुँदै आएको छ । पछिल्लो आक्रमणको जिम्मेवारी कसैले पनि लिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू