अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३७ | Colorodo: 21:52

‘नेपाल–चीन सम्बन्ध नयाँ युगमा’– राष्ट्रपति भण्डारी

बिआरटीनेपाल २०७६ असोज २६ गते ८:०३ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल–चीन सम्बन्ध नयाँ युगमा प्रवेश गरेको बताउनुभएको छ । राष्ट्रपति भण्डारीले ट्वीटमार्फत मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चीनफिङको ऐतिहासिक राजकीय भ्रमणबाट दुई मुलुकको सम्बन्ध अटल भएको उल्लेख गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीले ट्वीट सन्देशमा चिनियाँ समकक्षीले नेपाल र नेपालीप्रति दर्शाउनुभएको अपार सद्भावका लागि हार्दिक कृतज्ञता व्यक्त गर्नुभएको छ । चिनियाँ राष्ट्रपति सी राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमण सम्पन्न गरी आइतबार फर्कनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू