अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४६ | Colorodo: 03:01

नेपाल– चीन १४ बुँदे वक्तव्य जारी

बिआरटीनेपाल २०७६ असोज २६ गते ८:०१ मा प्रकाशित

नेपालको दुई दिने राजकीय भ्रमण पुरा गरेर चिनियाँ राष्ट्रपति सी चिनफिङ फर्किएपछि नेपाल– चीनको १४ बुँदे संयुक्त वक्तव्य जारी भएको छ । संयुक्त वक्तव्यमा दुई देशीय सम्वन्धलाई रणनीतिक साझेदारीमा विकास गर्ने उल्लेख गरिएको छ।

वक्तव्यमा बेल्ट एण्ड रोड इनिसियटिभ कार्यान्वयनबारे समेत जोड दिइएको छ। विकास र स्थायीत्वको लागि सहयोग रहने समेत बताइएको छ । नेपाल एक चीन नीतिमा प्रतिवद्ध रहेको बताउँदै नेपाली भूमिबाट चीन विरोधी गतिविधि हुन नदिने वक्तव्यमा उल्लेख छ । नेपालको तिव्र आर्थिक विकासको लागि चीन सहयोगि रहेको विज्ञप्तिमा बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू