अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०६ | Colorodo: 17:21

उत्तरपूर्वी सिरियामा जारी झडपको कारण एक लाख व्यक्ति विस्थापित

बिआरटीनेपाल २०७६ असोज २५ गते ९:०७ मा प्रकाशित

उत्तरपूर्वी सिरियामा टर्कीले जारी राखेका हवाई र स्थलगत आक्रमणको कारण सो क्षेत्रका बसोवास गर्दै आएका करिब १ लाख व्यक्ति विस्थापित भएका छन् । सिरियाको उत्तरपूर्वी भागमा रहेका कुर्दिश लडाकू समूह र टर्की सुरक्षाबलबीच जारी यस झडपमा दुबैतर्फ हताहत भएको संयुक्त राष्ट्रसंघीय मानव अधिकारका लागि उच्चायुक्तको कार्यालय (ओएचसीएचआर) ले जनाएको छ ।

सीमानामा पर्ने दुबै शहरहरुमा बम विस्फोटको समाचार भएको संयुक्त राष्ट्रसंघीय मानवीय मामिलाको समन्वय कार्यालय (ओचा) ले जनाएको छ । संयुक्त राष्ट्रसंघ आपतकालीन राहत समन्वयकर्ता जनरल मार्क लोकोकले टर्की यात्रा गर्नुभएको छ । लोकोकको दुई दिनको आङ्कारा भ्रमण र टर्की र सिरिया सिमानाको भ्रमण टकीले सो क्षेत्रमा आक्रमणको घोषणा गर्नुअघि नै योजना बनाइएको थियो ।

उहाँको भ्रमण उत्तरपूर्वी सिरियामा टर्की सेनाले जारी राखेको सुरक्षा कारबाहीको साथसाथै भएको थियो । लोकोकले सीमाको दुबै क्षेत्रमा भएको नागरिकको हताहत समाचारप्रति चिन्ता व्यक्त गर्नु भएको छ । टर्कीले जारी राखेको यस अभियान क्रममा गत दुई दिनयता नागरिकको हताहत भएको समाचार प्राप्त हुन थालेको मानवअधिकार कार्यालयहरुले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू