अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१२ | Colorodo: 23:27

युरोकप क्वालिफायर– समूह बीमा पोर्चुगल विजयी, लक्जम्बर्ग ३– ० ले पराजित

बिआरटीनेपाल २०७६ असोज २५ गते ९:०८ मा प्रकाशित

युरोकप क्वालिफायर खेलअन्तरगत समूह बीमा रहेको पोर्चुगलले जीत निकालेको छ । गएराति भएको खेलमा पोर्चुगलले लक्जम्बर्ग लाई ३– ० गोल अन्तरले पराजित गरेको हो । जीतका लागि बर्नाडो सिल्भा, क्रिष्टियानो रोनाल्डो र गोन्सालो गुइडेसले एक एक गोल गरेका थिए । खेलको १६ औं मिनेटमा सिल्भाको गोलमा पोर्चुगलले अग्रता लिएको थियो ।

पहिलो हाफमा १– ० को अग्रता बनाएको पोर्चुगलका लागि अग्रता दोब्बर बनाउन रोनाल्डो गोल गरेका थिए । योसँगै रोनाल्डो ७ सय गोल गर्ने खेलाडी बन्न एक गोलले पछि परेका छन् । यो उनको ६९९ गोल हो ।

यस्तै, ८९ औं मिनेटमा गुइडेसको गोलसँगै पोर्चुगलले जीत निकाल्न सफल भयो । जीतसँगै पोर्चुगल समूह बी मा ११ अंकसहित दोश्रो स्थानमा छ ।

प्रतिक्रिया