अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५६ | Colorodo: 04:11

टर्कीद्वारा सिरियामा आक्रमण जारी, हजारौँको भागाभाग

बिआरटीनेपाल २०७६ असोज २४ गते ७:३९ मा प्रकाशित

उत्तरी सिरियाको कुर्द लडाकूको नियन्त्रणमा रहेको क्षेत्रमा टर्कीले सैन्य कारबाही दोस्रो दिन पनि जारी राखेको छ । त्यहाँ अहिलेपनि भीषण भिडन्त चलिरहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । टर्कीको सेनाले कैयौँ गाउँहरू कब्जा गरेको छ।

बिहीवार दिनभर टर्कीले हवाई हमला तथा गोलाबारी गर्दा कुर्दहरूका ९ गैरसैनिक मारिएका छन्। टर्कीपट्टिको नगरमा कुर्दहरूले पनि हमला गरेका छन्। त्यहाँ एक शिशु सहित कम्तिमा ३ जनाको ज्यान गएको बिबिसीले जनाएको छ ।

मुख्य निशानामा सिमाना नजिकैको दुई नगर तल अब्याद तथा रस अलऐन रहेका छन्। टर्कीको सेनाले ती दुवै नगरलाई घेराबन्दी गरेका छन्। युद्धका कारण ६० हजारभन्दा धेरै मानिस त्यहाँबाट भागेका छन्। अन्तर्राष्ट्रिय उद्धार समितिका अनुसार ६४ हजार मानिसहरु आफ्नो घर छाडेर भागिसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू