अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३५ | Colorodo: 19:50

देशभरका सामुदायिक विद्यालयमा कार्तिक १ देखि निःशुल्क सेनेटरी प्याड उपलब्ध हुने

बिआरटीनेपाल २०७६ असोज २४ गते ७:३३ मा प्रकाशित

सरकारले आगामी कार्तिक १ गतेदेखि देशभरका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुका लागि सेनेटरी प्याड निःशुल्क रुपमा उपलब्ध गराउने भएको छ। आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रममा सरकारले सबै सामुदायिक विद्यालयमा सेनेटरी प्याड उपलब्ध गराउने घोषणा गरेको थियो। उक्त घोषणालाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यान्वयनमा ल्याउन लागेको हो।

प्याडको गुणस्तर तथा मापदण्ड भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयगरे अनुसार हुने शिक्षा मन्त्रालयले जनाएको छ। विद्यालय स्थानीय तहमा गइसकेको हुँदा आफ्नो क्षेत्र भित्रका विद्यालयमा सेनेटरी प्याड उपलब्ध भए–नभएको, उपलब्ध प्याडको निर्धारित गुणस्तरियता, दुरुपयोग तथा व्यवस्थापन उचित तरिकाले प्रयोग भए–नभएकोलगायत विषयमा सूक्ष्म रूपमा अनुगमन गरी परिपालना गराउने मुख्य जिम्मा स्थानीय तहलाई दिइएको छ।

सेनेटरी प्याड वितरणका लागि आवश्यक कार्यबिधी बनाउने, नीतिगत मार्गदर्शन गर्ने र केन्द्रीय तहमा नीति कार्यान्वयनको नेतृत्व शिक्षा मन्त्रालयले गर्नेछ। प्रत्येक जिल्लाभित्रका स्थानीय तहसँग समन्वय गर्ने तथा सेनेटरी प्याड प्रयोग गर्ने छात्राहरूको तथ्यांक शिक्षा विकास तथा समन्वय एकाइद्वारा संकलन गरिने छ। प्याड वितरणका लागि शिक्षा मन्त्रालयले साझा कोषको व्यवस्था गर्ने भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू