अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४७ | Colorodo: 08:02

चिनियाँ राष्ट्रपति सी भारतको चेन्नाइमा

बिआरटीनेपाल २०७६ असोज २४ गते ७:२८ मा प्रकाशित

चीनका राष्ट्रपति सी जिनपिङ भारत भ्रमणका सन्दर्भमा शुक्रबार अपराह्न भारतको चेन्नाई पुग्नुभएको छ । उहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दोस्रो अनौपचारिक शिखर बैठकका लागि चेन्नाई जानुभएको हो ।

बैठकका क्रममा दुबै नेताबीच दीर्घकालीन र रणनीतिक महत्व राख्ने द्विपक्षीय सम्बन्धका सबै विषयमा गम्भीर विचार विमर्श हुने बताईएको छ । चेन्नाई भारतीय राज्य तमिलनाडुको प्रान्तीय राजधानी हो । तमिलनाडु दक्षिण भारतकै प्रमुख सांस्कृतिक, आर्थिक तथा शैक्षिक केन्द्र पनि हो। राष्ट्रपति सीको चेन्नाईमा भव्य स्वागत गरिएको थियो।

भारत भ्रमणपछि चिनियाँ राष्ट्रपति सीले शनिबारदेखि नेपालको दुई दिने भ्रमण गर्नुहुनेछ । नेपालमा सीको स्वागतका लागि तयारी तीव्र पारिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू