अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०५ | Colorodo: 20:20

महिला हिंसाविरुद्ध शून्य सहनशीलता अपनाउन प्रहरीलाई गृहमन्त्री थापाको निर्देशन

बिआरटीनेपाल २०७६ असोज २४ गते ७:१५ मा प्रकाशित

नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापाले महिला तथा बालिका उपर हुने हिंसाविरुद्ध शून्य सहनशीलता अपनाउन नेपाल प्रहरीलाई निर्देशन दिनुभएको छ । ६४ औं प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री थापाले त्यस्ता गतिविधिमा संलग्न तत्वलाई निस्तेज पार्न निर्देशन दिनुभएको हो ।

जनताको भरोसा र विश्वास बोकेको सदस्यबाट नै कानून उल्लंघन हुनु क्षम्य नहुने भन्दै मन्त्री थापाले बिना हिच्किचाहट त्यस्तामाथि कारबाही गर्नुपर्ने बताउनुभयो । गृहमन्त्री थापाले आफ्नो कुशल कार्यसम्पादन मार्फत प्रहरी संगठन अन्तर्राष्ट्रियस्तरमा समेत सक्षम प्रमाणित भएको उल्लेख गर्दै निर्भिक रूपमा कर्तव्य पथमा अघि बढ्न प्रहरीलाई सुझाउनुभयो । प्रहरी कुनै लोभ लालचमा फसी कार्य गरेमा क्षम्य नहुने उहाँको चेतावनी थियो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सुखी नेपाली र समृद्ध नेपाल बनाउने सरकारको लक्ष्यलाई आत्मसात गरी नेपाल प्रहरी संधै लागि पर्ने जानकारी दिनुभयो । प्रहरी दिवसकै अवसरमा आयोजित कार्यक्रममा २९ जना अमर प्रहरीका परिवारलाई आर्थिक सहयोग र कदर पत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू