अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२९ | Colorodo: 19:44

सीको भ्रमणले महत्वपूर्ण सन्देश दिनेछ– नेकपा अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७६ असोज २४ गते ७:१५ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनीयाँ राष्ट्रपति सी जीनपिङको भ्रमण ऐतिहासिक हुने बताउनुभएको छ । २३ बर्षपछि हुन लागेको चीनीयाँ राष्ट्रप्रमुखको भ्रमण सामान्य विषय नभएको बताउँदै उहाँले यो भ्रमणले दक्षिण एसिया र नेपाल, चीन र भारत सम्बन्धमा पनि निकै ठुलो अर्थ राख्ने दावी गर्नुभयो ।

शुक्रबार चितवनको माडीमा आयोजित एक कार्यक्रममा प्रचण्डले राष्ट्रपति सीको भ्रमणका अवसरमा रेल, सडक, उद्योग लगायतका क्षेत्रमा महत्वपुर्ण सम्झौता गर्ने तयारी रहेको बताउँदै यसले नेपालको पुर्वाधार निमार्णका लागि महत्वपुर्ण भुमिका खेल्ने उल्लेख गर्नुभयो । सीको भ्रमण खाली आउने र जाने बिषय मात्र नभई नेपालको बिकासमा दिर्घकालिन प्रभाव पार्ने प्रचण्डको भनाई थियो ।

सिको नेतृत्वमा चीन विश्वकै नम्बर एक शक्ति राष्ट्र बन्ने दिशातर्फ अघि वढेको तथा अभूतपुर्व विकास गरेको बताउँदै अध्यक्ष प्रचण्डले यस्तो अवस्थामा हुने भ्रमणले निकै महत्वपूर्ण सन्देश दिने समेत बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू