अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०८ | Colorodo: 19:23

चिनियाँ राष्ट्रपति सी जिन पिङ नेपाल आउन आतुर, भ्रमणको सम्पूर्ण तयारी पुरा

बिआरटीनेपाल २०७६ असोज २४ गते ७:१२ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा छिमेकी मित्रराष्ट्र चीनका राष्ट्रपति सी जिन पिङको असोज २५ गतेदेखि हुने दुई दिने राजकीय भ्रमणको तयारी लगभग पुरा भएको छ । काठमाडौंका सडकहरु सफा गरिएको छ। सुरक्षा व्यवस्था कडा गरिएको छ । ठाउँठाउँमा स्वागतद्धार निर्माण गरिएको छ । सी हिड्ने रुटक सडकका भित्ताहरु रंङ्गाइएको छ । काठमाडौं बेहुली झैं सजिएको छ ।

भ्रमणको कार्यक्रमलाई सहज बनाउन आइतबार सार्वजनिक विदा गरिएको छ । सी भोली अपरान्ह ४ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आईपुग्ने कार्यक्रम छ । भोली नै चिनियाँ राष्ट्रपति सी र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता तय भएको छ। तालिका अनुसार साँझ ६ः३० बजे दुई देशका राष्ट्रपतिको भेटवार्ता हुनेछ ।

त्यस्तै भोली साँझ ७ः१५ मा सीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम रहेको छ । यी भेटवार्तापछि साँझ सोल्टी होटलमा हुँने रात्रिभोजको कार्यक्रम सी सहभागी हुनुहुनेछ । आइतबार बिहान १०ः३० बजे सीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुहुनेछ । त्यसपछि ११ः३० मा प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सीबीच द्वीपक्षीय भेटवार्ता र सम्झौता हुनेछ । सी आईतवार दिउँसो १ बजे नेपाल भ्रमण पुरा गरी स्वदेश फर्कनुहुनेछ ।

यसैवीच, चिनियाँ राष्ट्रपति सी जिन पिङले नेपाल आउन आफू आतुर रहेको बताउनुभएको छ । भारत तथा नेपालको भ्रमणमा निस्कनुपूर्व चिनियाँ राष्ट्रपति सीले आलेख जारी गर्दै नेपालसँगको पुरानो सम्बन्धलाई नवीकरण गर्न आतुर रहेको बताउनुभएको हो । विशेष आलेखमा चिनियाँ राष्ट्रपति सीले चीन र नेपाल एक अर्कालाई सहयोग गर्ने असल दाजुभाइ भएको समेत बताउनुभएको छ ।

रणनीतिक सञ्चारलाई प्रगाढ बनाउनु, व्यावहारिक सहयोग विस्तार गर्नु, जनस्तरीय आदान–प्रदानलाई व्यापक पार्नु र सुरक्षासम्बन्धी सहयोग सुदृढ पार्नु मुख्य उद्देश्य भएको आलेखमा उल्लेख गरिएको छ । चीनले कानूनको कार्यान्वयन गर्ने क्षमताको निर्माणका लागि नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाउँदै सीमा वारपारका आपराधिक गतिविधिलाई प्रभावकारी रुपमा नियन्त्रण गर्नेमा जोड दिने आलेखमा उल्लेख गरिएको छ ।

यस्तै, दुवै पक्षले हिमालय वारिपारिको बहुआयामिक कनेक्टिभीटी सञ्जालको निर्माणलाई सक्रिय रुपमा अगाडि बढाउनेमा नेपालको सहयोग अपरिहार्य रहेको आलेखमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू