अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४८ | Colorodo: 08:03

विश्व बैंकद्वारा नेपाललाई २ अर्ब ७१ करोड अनुदान

बिआरटीनेपाल २०७६ असोज २३ गते ९:२१ मा प्रकाशित

विश्व बैंकले नेपाललाई २ अर्ब ७१ करोड १३ लाख रुपैयाँ अनुदान दिने भएको छ । विश्व बैंकले विद्यालय क्षेत्र विकास कार्यक्रमको लागि अनुदान दिन लागेको हो । अनुदान रकम नेपाल सरकारले स्वीकार गरेको छ । मन्त्रिपरिषद्को यसै साताको बैठकले बैंक अनुदान स्वीकार गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ति नभएसम्मका लागि मन्त्रालयका सहसचिव रामचन्द्र ढकाललाई काम गर्ने गरी तोक्ने निर्णय गरिएको छ । बैंठकले आर्थिक वर्ष ०७६/७७ मा मन्त्रालय अन्तर्गतका सात वटा आयोजनका लागि ६० राजपत्रांकित पदको अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।

मन्त्रिपरिषदले सहायक रथीद्वय अशोकराज सिग्देल र गोकुल भण्डारीलाई उपरथी बढुवा बढुवा गरेको छ ।बैठकले महासेनानी कुमारबाबु थापासमेत ५ जना महासेनानीहरूलाई सहायक रथी दर्जामा पदोन्नति गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदले नख्खुखोला–भैसेपाटी–बुङमति सडक स्तरोन्नति गर्नका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय समेत गरेको छ ।

सरकारले नेपाल–भारत विद्युत व्यापार सम्झौता अन्तरगत संयुक्त सञ्चालक समिति र संयुक्त कार्य समूहको सातौं बैठकमा उर्जा जलस्रोत मन्त्रालयका सचिव नेतृत्वको प्रतिनिधिमण्डललाई भाग लिन स्वीकृति दिइएको प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया