अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२५ | Colorodo: 01:40

घाटामा संयुक्त राष्ट्र संघ , सबै सदस्य राष्ट्रलाई भुक्तान गर्न ट्रम्पको आग्रह

बिआरटीनेपाल २०७६ असोज २३ गते ९:२१ मा प्रकाशित

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्र संघ २३० मिलियन डलर घाटामा गइरहेको बताउनुभएको छ । उहाँले अक्टोबरको अन्तिमसम्ममा राष्ट्र संघ पैसाविहीन हुनसक्नेसमेत बताउनुभयो ।

उक्त समाचार बाहिरिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्र संघका सबै सदस्य राष्ट्रले पैसा भुक्तान गर्नुपर्ने बताउनुभएको छ । उहाँले राष्ट्रसंघ घाटामा गएको समाचार ट्विट गर्दै भन्नुभएको छ, “ त्यसैले अमेरिकाले मात्र होइन, सबै सदस्य राष्ट्रले आफ्नो रकम भुक्तान गर्नुहोस् ।“

सन् २०१७ को तथ्यांक अनुसार कुल खर्चको २२ प्रतिशत रकम अमेरिकाले तिरेको जनाइएको छ । राष्ट्र संघको सचिवालयमा कार्यरत करिब ३७ हजार कर्मचारीका लागि तलब अन्य सेवाका लागि अनिर्दिष्ट शिर्षकमा थप अतिरिक्त उपायहरु अपनाउनुपर्ने महासचिव गुटेरेसले एक पत्रमार्फत बताउनुभएको थियो ।

गेटेरेसले लेखेको पत्रमा भनिएको छ, “सन् २०१९ मा निरन्तर बजेट सञ्चालनका लागि कुल रकमको ७० प्रतिशत मात्र रकम बुझाएका थि । जसका कारण सेप्टेम्बर अन्तिम सम्मा २३० मिलियन डलर घाटामा गएको जनाइएको छ । महिनाको अन्तिम सम्ममा हामी तरलता भण्डारणको ब्याकप जोखिममा जानेस्थितिमा चलिरहेका छौं ।“

गुटेरेसले खर्च कटौतीका लागि विभिन्न सम्मेलन र बैठकहरु स्थगित गर्ने, सेवा घटाउने र अतिआवश्यकबाहेकका भ्रमण रद्द गर्ने गर्नुभएको छ । १९३ सदस्य राष्ट्रमध्ये १२९ राष्ट्रले मात्र आफ्नो निरन्तर बुझाउने पर्ने रकम तिरिरहेका छन् र अन्यले तुरुन्तै उक्त बाँकी रकम बुझाउने पर्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू