अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५१ | Colorodo: 05:06

ओमानसँग नेपाल ६ विकेटले पराजित, पाँच देशमा तेस्रो स्थान

बिआरटीनेपाल २०७६ असोज २३ गते ९:२० मा प्रकाशित

नेपाल ओमानमा सम्पन्न पाँच देश सहभागी टी–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा तेस्रो भएको छ। अन्तिम खेलमा नेपाल बिहीबार ओमानसँग ६ विकेटले पराजित भयो । टस हारेपछि ब्याटिङको जिम्मा पाएको नेपाल ११ ओभरमा ६४ रनमा सिमित भयो।

ओमानले ११ ओभर पाँच बलमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो । प्रतियोगितमा ओमानले ४ खेलबाट ८ अंक जोडेर विजेता बन्यो। नेपालले तीन खेलबाट चार अंक जोड्यो। चार खेलबाट ६ अंक भएको आयरल्यान्ड दोस्रो भयो।

ओमानले टेस्ट मान्यताप्राप्त आयरल्यान्डसहित नेदरल्यान्ड्स र हङकङलाई पनि हराएको थियो। सुरुका दुई खेलमा हङकङ र नेदरल्यान्ड्सलाई हराएको नेपाल तेस्रो खेलमा आयरल्यान्डसँग पराजित भएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू